- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता लिइरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको पकड क्षेत्र रहेको काभ्रेमा दुई नेतारुबीच कडा प्रतिस्पर्धा रहेको छ ।
यसअघि धेरै मतले पछि रहेका बाँस्कोटाले मतान्तर घटाउँदै अघि लागेका हुन् । गोकुल बाँस्कोटा ८७२ मतले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटा २१ हजार ३५० मत ल्याउँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले २० हजार ४७८ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँ ६ हजार १९४ मतसहित तेस्रो स्थानमा छन्।