arrow

पाँचथर प्रदेशसभा ‘ख’ मा माओवादीका आङ्बो निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
CPN-Maoist-Center-logo.png

मिक्लाजुङ ।  पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दैे उनी दोस्रो पटक विजयी  भएका हुन् । पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र  उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका छन् । 

जिल्लाको फिदिम नगरपालिका–११ घर भएका ४० वर्षीय आङ्बो २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रहेका आङ्बो १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री पनि छन् ।

उनी यस पटक माओवादी केन्द्र,  कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी केन्द्र)का तर्फबाट साझा उम्मेदवार थिए । उपविजेता एमालेका नेम्वाङ एमालेका केन्द्रीय सदस्य पनि छन् । उनी २०७० सालमा तत्कालीन नेकपा (माले)का तर्फबाट संविधानसभा सदस्यमा पनि निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ