arrow

करिब १६ हजार मतान्तरले एसका प्रकाश ज्वाला विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
salyan-election.jpg

सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी भएका छन् । 

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी भएका हुन् । ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गरेका थिए । 

त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ