arrow

चितवन ३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
chitwan-3-.jpg

काठमाडौं । चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन्। उनले १९ हजार नौ सय ९७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले ११ हजार दुई सय ९५ प्राप्त गरेका छन् ।

रास्वपाकी जीता बरालले नौ हजार तीन सय १७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले छ हजार एक सय १७ मत प्राप्त गरेका छन् ।
 
सो क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ