- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काटमाडौं । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले आफ्नो अग्रता कायमै राखेका छन् । ढकालले २८ हजार ८३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले २० हजार दुई सय ७५ मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका विश्वनाथ पौडेलले १९ हजार एक सय ५१ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।
यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता रहेका छन् । तीमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।