arrow

सिन्धुलीको प्रदेशसभामा एमालेका कार्कीलाई पछि पार्दै कांग्रेसका पहाडी निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
nepali-congress-flag.jpg

सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पहाडीले नेकपा (एमाले) का कुमारबहादुर कार्कीलाई दुई हजार दुई सय २२ मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

पहाडीले १५ हजार छ सय २१, कार्कीले १३ हजार तीन सय ९९ मत प्राप्त गरेका छन् ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश मगरले चार सय ८०, मङ्गोल नेशनल अर्गनाइजेसनका छत्रबहादुर माझीले एक सय ९२, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का झङ्कनाथ दाहालले एक सय १८, नेपाल मजदुर किसान पार्टीका राजाराम बासीले ६८ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ