arrow

नवलपुर-१ को प्रदेशसभामा कांग्रेस र एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
nawalpur-district-new.png

नवलपरासी ।  नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेस तथा (२) मा एमाले विजयी भएको छ । 
    
मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलका अनुसार प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसी निर्वाचित भएका छन् । पन्ध्र हजार एक सय ३७ मतसहित जिसी निर्वाचित हुनुभएको लुइँटेलले जानकारी दिनुभयो । जिसीका निकटतम प्रतिस्पर्धी एमालेका रवीन्द्र अधिकारीले १३ हजार नौ सय ८७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापाले छ हजार एक सय ४० मत प्राप्त गरे । 
    
प्रदेशसभा (२) मा एमालेका उम्मेदवार रोशनबहानुर गाहा निर्वाचित भए । गाहा १७ हजार आठ सय २३ मतसहित प्रदेशसभा सदस्यका लागि निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेलले १४ हजार एक सय १० मत प्राप्त गरेको लुइँटेलको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ