arrow

सल्यान प्रदेश क र ख मा गठबन्धनका शर्मा र अधिकारी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Salyan-hamrakura.jpg.jpeg

सल्यान ।  सल्यान क र ख प्रदेशसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार भीमप्रकाश शर्मा र सुरेश अधिकारी विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र)का शर्माले २२ हजार दुई सय ४३ मत ल्याएर विजय भएका हुन् । उनले आठ हजार १८ को मतान्तरले जितेका छन् । शर्माका प्रतिस्पर्धी नेकपा (एमाले)का कुलबहादुर गिरीले १४ हजार दुई सय २५ मत प्राप्त गरे । 

त्यस्तै, प्रदेश ख मा नेपाली कांग्रेसका अधिकारीले २० हजार चार सय आठ मत ल्याएर विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका गुलाबजङ्ग शाहलाई तीन हजार सात सय ९० मतको फरक पार्दै जित हासिल गरे । शाहले १६ हजार छ सय १८ मत प्राप्त  गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सल्यान प्रदेश १ मा ४१ हजार एक सय ७६ मत खसेकोमा ३८ हजार आठ सय २८ र प्रदेश २ मा ४१ हजार नौ सय ६७ मत खसेकोमा ४० हजार ६९ मत मत सदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ