arrow

सिन्धुली १ (ख) मा माओवादीका भट्टराई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार

सिन्धुली ।  सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुवास राज देवकोटालाई तीन हजार तीन सय २० मतान्तारले पछि पार्दै वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

भट्टराइले १५ हजार आठ सय ५३, देवकोटाले १२ हजार पाँच सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनारायण अधिकारीले दुई हजार ९२, स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीले पाँच सय २६, नेपाल मजदुर किसान पार्टीका कृष्ण सुन्दर मचामसीले ५७ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ