arrow

महोत्तरी ३ को (क)मा लोसपा नेपालका अभिराम र (ख) मा रानी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
mohatari-canidet.jpg

जनकपुरधाम। महोत्तरी निर्वाचन क्षेत्र नं. ३ को (क)मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अभिराम शर्मा र (ख) मा रानी शर्मा तिवारी विजयी भएका छन् । निर्वाचन क्षेत्र नं. ३ (क) र (ख)मा विजय भएका लोसपा नेता शर्मा र तिवारी यस अघि २०७४ मा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । महोत्तरीमा लोसपा नेपालको विजयी पहिलो हो । 

लोसपा नेता शर्मा आफ्ना निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका दिपेन्द्र झालाई मात्र १७४ फरक मतले विजय भएकी हुन् । शर्माले ९ हजार ८९२ मत ल्याइन् भने झाले ९ हजार ७१८ मत ल्याए । 

यसै गरी निर्वाचन क्षेत्र नं. ३ (ख) मा लोसपा नेता तिवारीले ६ (छ) हजार ४१४ मत ल्याएर विजयी भए । तिवारीका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले ५ हजार ४८९ मत ल्याए । एमाले उम्मेदवार राम दयाल मण्डल ४ हजार ५६० मत ल्याए । तिवारीले आफ्नो निकटतम प्रतिस्पर्धी सँग ९२५ मतको मतान्तरले विजयी भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ