राजमोकी दुर्गा पौडेललाई हराउँदै प्युठानमा एमालेका सूर्य थापा विजयी
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.4k
Shares
प्यूठान । एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्य'ठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा (एमाले) प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।
प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएका छन् ।
उनकी प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी छन् ।
नेकपा (एमाले) पोलिटब्यूरो सदयसमेत रहेका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गरेको छ ।