arrow

सप्तरी-१ को (ख) मा जनमत पार्टीका मियाँ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार

सप्तरी । सप्तरी क्षेत्र नम्बर १ को (ख) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् । 

सहायक निर्वाचन अधिकृत हरिशङ्कर महतोका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले नौ हजार आठ सय ८८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    

यस्तै, नेपाली कांग्रेसका उमेदवार बद्रीनारायण महत्मान यादवले छ हजार छ सय १० मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ