arrow
ADVERTISEMENT

एमालेका नेपाललाई माओवादीका सापकोटाले हराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
sindhupalchok-1.jpg

मेलम्ची । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी भएका छन् । उनले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गरेका हुन् ।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याए । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गरे । 

क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ ।--



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ