arrow

काठमाडौं-५ प्रदेश (ख) मा कांग्रेसका खड्का निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
nepali-congress-flag.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ को प्रदेश (ख) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी भएका छन् । 

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको गएराति सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार खड्काले नौ हजार सात सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । 

निर्वाचित खड्का नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय सभापतिसमेत छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार दीपक निरौलाले आठ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । 


पराजित निरौला नेकपा (एमाले) काठमाडौंका जिल्ला अध्यक्ष एवं निवर्तमान बागमती प्रदेशका सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ