arrow

पुनः मतगणनापछि सुवास नेम्वाङको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
ilam-2-subash-nemwang-bammar.jpg

इलाम । विवादकाबीच रोकिएको इलाम क्षेत्र नम्बर २ को मतगणना पुनः जारी रहेको छ । गणना भइसकेको मतपत्र सिल नगरी राखेको विषयमा उत्पन्न विवादमा सहमति जुटेपछि गए राति १२ बजे मतगणना पुनः थालिएको थियो । 

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छन् । माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको सबै, माई नगर वडा ६, ७, ८ र फाकफोकथुम गाउँपालिकाको वडा १, २, र ३ को मतगणना भइसक्दा नेम्बाङले करिब साढे ८ सय मतको अग्रता लिइरहेका छन् ।

अहिलेसम्म नेम्बाङको ११ हजार ६ सय २१ मत आएको छ भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको १० हजार ७ सय ८८ मत छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ