arrow

एमाले महासचिव पोखरेल पराजित, रेखा शर्माले १९७ मतले हराइन् 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Dang-2.jpg

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पोखरेललाई सत्तागठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । 

उनले पोखरेललाई १९७ मतान्तरले पराजित गरेकी हुन् । निर्वाचित शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दै विजयी भइन भने एमाले महासचिव पोखरेलले २६ हजार ६८० मत प्राप्त गरे ।

 तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ