arrow

सर्लाही ४ ‘क’ मा वीरेन्द्र पुनः विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार

मलङ्गवा । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित भएका छन् । 

सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार छ सय १६ मत ल्याएका छन् । 

सिंहसहित सर्लाहीमा चार जना प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । 

पुनः निर्वाचित हुनेमा सर्लाही १ को ‘२’ मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली र १ ‘क’ मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ ‘२’ मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ