arrow

रविको कीर्तिमानी जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
rabi-lamichhane.jpg

काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले कीर्तिमानी जित हासिल गरेका छन् ।   

निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै रविले कीर्तिमानी जित बनाएका हुन् ।

लामिछाने ३४ हजार १ सय ७० बढी मतले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनका उम्मेदवार  उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ ।

गत असारमा पार्टी गठन गरेर उनी छोटो समयमा सांसदमा पुगेका हुन् ।  

यस पटकको निर्वाचनमा सबैभन्दा बढी मतान्तरको जित्न निकाल्ने रविको नाममा रहनेछ । 

यस अघि भक्तपुर-१ बाट नेमकिपाका सचिव प्रेम सुवालको ३० हजार ७९३ मतान्तर छ।

भने झापा ५ मा एमाले अध्यक्ष  केपी शर्मा ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ