arrow

अर्घाखाँचीमा एमालेले क्लिन स्विप गरेपछि कांग्रेस जिल्ला कार्यसमितिबाट दिए पौडेलले राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
indramani-poudel-arghakhanchi-congress.jpg
तस्बिर – फाइल ।

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुषालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् ।

उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुषाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् । 

जिल्लाका सबै सिटमा एमालेले क्लिन स्विप गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ