arrow

झापा ४ मा कांग्रेसका देउकुमारलाई फेरि हराए एमालेका एलपीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
jhapa-4.jpg

झापा । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेका हुन् 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देउकुमार थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् ।

 साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।

यसै गरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् । 

एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । 

जसमा चार हजार छ सय ४७ मत बदर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ