झापा ४ मा कांग्रेसका देउकुमारलाई फेरि हराए एमालेका एलपीले
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
1.1k
Shares
झापा । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् । उनले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बनेका हुन्
उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देउकुमार थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गरेका छन् ।
साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए ।
यसै गरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।
एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए ।