arrow

१८ हजार मत गन्न बाँकी छँदा विनोद चौधरी पाँच हजार बढी मतान्तरसहित अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-nawalparasi-1-hridesh-tripathi-congess.jpg

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी जित नजिक पुगेका छन् । उनले मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा दोस्रो स्थानका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीभन्दा ५ हजार ३११ मतको मतान्तर बनाएका छन् । चौधरीले २२ हजार २०८ मत पाएका छन् । 

निवर्तमान सांसद जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले १६ हजार ८९७ मत ल्याएका छन् ।

तेस्रो स्थानका राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) का महेन्द्र सेन ठकुरीले १२ हजार २७८ मत पाएका छन् ।

त्यस्तै जनमत पार्टीका गुलाबप्रसाद चौधरीले ४ हजार ३६१, राप्रपाका भोजराज ढकालले ३ हजार ६८८ मत पाएका छन् ।

त्यहाँ ८४ हजार २२९ मत खसेको छ । ६६ हजार २८९ मत गणना भएमध्ये ३ हजार ७८० मत बदर भएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ