arrow

मकवानपुरमा सिंहले जिते, डिनाले हारिन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
deepak-bahadur-singh.jpg

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका छन् । 

सिंह लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

सिंहले २७ हजार ८१६ मत पाएका छन् । कांग्रेस उम्मेदवार डिनाले २५ हजार ४३४ मत पाएकी छिन् । 

त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत पाए ।

यस क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ