arrow

प्रदेशमा हारेको बदला लिँदै कांग्रेसका घिमिरेले सिन्धुलीमा हराए एमालेका कटुवाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
Sindhuli-1.jpg

सिन्धुली । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन्। 

निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् । 

निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । 

विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र-१ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए । 

दुवै प्रतिस्पर्धी एकै गाउँपालिकावासी छन् । कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ को छन् ।

विसं २०२२ भदौ २५ मा जन्मिएका घिमिरे नेपाली कांगे्रसको केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिको संयोजक पनि भएका छन् । विसं २०३६ देखि राजनीतिमा क्रियाशील घिमिरेले इतिहासमा स्नातकोत्तर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ