arrow

जितपछि आमाको आशीर्वाद लिँदै राजेन्द्र बजगाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
rajendra-bajgai-winner-mother.jpg

गोरखा । प्रतिनिधि सभा सदस्य पदमा गोरखा क्षेत्र नं १ बाट विजयी भएका राजेन्द्र बजगाईलाई उनकी आमाले बधाईसहित आशीर्वाद दिएकी छिन् ।

बजगाई भारी मतान्तरले विजयी भएका हुन् । सम्पन्न मतगणनामा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरेका छन् । 

बजगाईले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराएका हुन् । 

विजयी बजगाई वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थिए । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाई पराजित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ