arrow

सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
THAnkuta-3.jpg

धनकुटा । यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी भएका छन् ।

राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याएका छन् । तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । 

त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका छन् । 

प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली विजयी भएका छन् । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ