arrow

सिटौलाले हारे, ३ हजार बढी मतले लिङ्देनले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
jhapa-3-lingden-sitoula.jpg

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो पटक पराजय भोग्नु परेको छ । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेका सिटौलालाई यसपालि पनि सकस पर्‍यो । 

 झापा क्षेत्र नं. ३ बाट राप्रपाका अध्यक्ष लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। मतगणनामा लिङ्देनले सिटौलालाई ३२ सय ७६ मतले हराए । 

लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याएका छन् भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए।

सुरुआतमा अग्रता लिए पनि सिटौला पछिल्लो समय लिङ्देन भन्दा अघि बढ्न सकेनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ