arrow

माधव नेपालको स्पष्ट लाइनः कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
madhav-kumar-nepal_1617970427.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् । बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

उनले भने, ‘सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।  तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।’

नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताए । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत अध्यक्ष नेपालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ