arrow

एमालेका सूर्यले जिते बाँके १, मन्त्री अथकको प्रयास खेर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
banke-1.jpg

नेपालगञ्ज । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भएका छन् । उनी २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । 

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

गहतराजले १९ हजार छ सय ३२ मत पाए । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरे । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् । 

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ