arrow

कांग्रेसका बेलबहादुर बने कञ्चनपुरबाट प्रदेश सांसद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
belbahadur-rana-kanchanpur3.jpg

दोधारा । कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रानाले १६ हजार एक सय ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गरे । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार आठ सय २२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । तीमध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ