arrow

ध्रुवबहादुर प्रधान जित नजिक 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
election-nawalparasi-2-rpp-congress.jpg

नवलपरासी । नवलपरासी पश्चिम २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष एवं पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले चामत्कारिक फराकिलो अग्रतालाई कायमै राखेका छन् । 

लामो समयदेखि चुनाव लड्दै आएका उनले यसअघि निराशाजनक मत प्राप्त गर्दै आएकामा यसपालि भने फराकिलो अग्रतासहित जित नजिक पुगेका छन् । उनी निकटतम प्रतिस्पर्धी भन्दा १० हजार ६८४ मतको अन्तरले अगाडि रहेका छन् । 

उनले २५ हजार ४९३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका निवर्तमान सांसद एवं पूर्व मन्त्री देवेन्दराज कँडेल निकै पछि परेका छन् । 

कँडेलले जम्मा १४ हजार ८०९ मत ल्याएका छन् । तेस्रोमा एमालेका दिपेन्द्रकुमार अधिकारी रहेका छन् । उनले ११ हजार ६०६ मत ल्याएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ