arrow

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
yogendra-mandal-morang-5.jpg

मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् । 

यादव एमाले र जसपाको संयुक्त उम्मेद्वार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा गाउँपालिकाको वडा नम्बर ७ को मतगणना भइरहेको छ । उक्त वडामा २ हजार ५ सय मत छ । 

सबै मत निकटम प्रतिस्पर्धीलाई जाँदा पनि स्वतन्त्र उम्मेद्वार मण्डलको जित निश्चित भएको छ । किनकि उनको मतान्तर गणना हुन बाँकी मतभन्दा बढी ३ हजार ६७१ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ