arrow

अमृत अर्यालले जिते मोरङ ५ ख बाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
amrit-aryal-morang-5-b.jpg

मोरङ । मोरङ–५ ९२० बाट प्रदेशसभामा नेपाली कांग्रेसका उम्मेदवार अमृत अर्याल विजयी भएका छन् । मतगणनास्थलबाट प्राप्त जानकारीअनुसार विजयी अर्यालले १६ हजार एक सय दुई मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका जयराम यादवले १० हजार आठ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए । 

उनका अनुसार तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशकुमार बानियाँले तीन हजार दुई सय ४८ मत प्राप्त गरेका छन् । मोरङ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१ हजार आठ २० मत प्राप्त गरी विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले  १७ हजार चार सय ८६ र जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले १७ हजार तीन सय ९० मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ