arrow

सत्ता भर्‍याङलाई च्याँखे

प्रचण्डसँगको पानी बाराबारलाई केपी ओलीले तोडे, बधाई साटासाटको बहानाबीच विभिन्न शंका 

दुवै सचिवालयका आ–आफ्नै दाबी, सत्ताका लागि अन्तिम चुनावी परिणाम आउनुअघि नै चलखेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
oli-prachanda6.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षपछि बिहीबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बधाई साटसाट गरेका छन् । 

टेलिफोन सम्वादमार्फत बधाई दिनेक्रममा बधाई साटसाट गरेका हुन् । ओलीले प्रचण्डलाई टेलिफोन गरेर संभावित सहकार्यको विषयमा कुराकानी भएको भन्दै प्रचण्डको सचिवालयले जनाएको छ । 

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई मात्र होइन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिएका थिए । 

उनले दुवै नेताहरुलाई परिवर्तनका संवाहकहरु मिलेर अघि बढ्ने विषयमा कुराकानी गरेका थिए । तर प्रचण्डले वाम एकता र वाम गठबन्धनको विषयमा कुराकानी गर्न खोजेको भए पनि ओलीले बेला भैनसकेको भन्दै प्रचण्डको फोन राखेको ओली सचिवालयले जनाएको छ । 

प्रचण्डलाई शुभकामना र बधाई दिएको विषय भने प्रचण्ड सचिवालयले मिडियालाई जानकारी दिएको थियो । एमालेको उच्च स्रोतले पनि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग बार्गेनिङको अस्त्रका रुपमा यो हल्ला फैलाएको आशंका गरेको छ । 

बार्गेनिङको अस्त्रकै लागि माओवादीले दुई नेताबीचको बधाई साटासाटको सम्वादलाई अन्यन्त्र मोड्न खोजेको हुन सक्नेसमेत शंका गर्दै बधाई बाहेक कुनै पनि विषयमा राजनीतिक कुराकानी नभएको ओली सचिवालयले जनाएको छ । 

‘दुई अध्यक्षबीच टेलिफोनमा कुराकानी भएको हो,’ अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने ‘टेलिफोन सम्वादमा बधाई साटासाट बाहेक अन्य कुनै सम्वाद भएको होइन ।’ बज्राचार्यले अहिले निर्वाचनको अन्तिम परिणाम आइनसकेको अवस्थामा थप कुराकानी गर्नुपर्ने कुनै आवश्यक नभएको र अध्यक्ष ओलीले पनि प्रचण्डसँग अन्य थप कुराकानी नगरेको बताए । 

तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुवै नेतावीच भावी दिनमा संभावित सहकार्यबारे कुराकानी गरेको बताएका छन् । ‘उहाँहरुबीच बधाई आदान प्रदान भयो, भावी दिनमा संभावित सहकार्य गर्ने विषयमा पनि सामान्य कुराकानी भयो’ ,मल्लले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ