arrow

डोल्पामा नेकपा एसका बुढाले हराए एमालेका शाहीलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
dolpa-1.jpg

कर्णाली । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डोल्पा जिल्लामा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा विजयी भएका छन् । 

बुढा ११ हजार दुई सय २५ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । बुढाले पाँच हजार सात सय २७ मतान्तरले नेकपा एमालेका गणेशबहादुर शाहीलाई पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार शाहीले पाँच हजार चार सय ९८ मत प्राप्त गरे । 

त्यस्तै राप्रपाका अंगद बुढाले छ सय ६१ मत प्राप्त गरे । डोल्पामा कूल २२ हजार चार सय ४० मतमा १६ हजार आठ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ