arrow

मधेसमा प्रभु शाह नामै काफी, स्वतन्त्रबाटै जिते  

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
prabhu-sah-rauthahat-3.jpg

रौतहट । रौतहट क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा  स्वतन्त्र उम्मेद्वार प्रभु साह निर्वाचित भएका छन् । एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २ सय ३७ मतान्तरले पराजित गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साहले ३२ हजार ४ सय ३७ मत पाए भने पराजित अर्का स्वतन्त्र उम्मेदवार जयसवालले २५ हजार २ सय मत पाए ।

सो क्षेत्रमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ८ हजार ५ सय ५८ मत ल्याएका छन् ।

प्रभु साहले एमालेको नेतृत्वले आफू अनुकुलका व्यक्तिलाई टिकट नदिएको आरोप लगाउँदै प्रभु साहले स्वतन्त्रमा उम्मेदवारी दिएका थिए । 

उनले आफ्ना मतदाता आफू जता गयो त्यतै हुने भन्दै केपी ओलीलाई जितेर देखाइदिने बताएका थिए । तर एमाले नेतृत्वले भने अन्तिम समयमा आएर साहले राजनीतिक बेइमानी गरेको आरोप लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ