arrow

शेरधनले हारे, सुदनले २३ सय मतान्तरले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
bhojpur-election.jpg

भोजपुर । पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरमा प्रदेश नं १ मा हारेका छन् । राईलाई सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीले हराएका हुन् । 

 किराँतीले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् । 

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हु्न् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरे । 

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो ।

 भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिनुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ