arrow

प्रचण्डकी बुहारीले हारिन् 

सुदूरपश्चिमका अर्थमन्त्रीले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
bina-magar-dahal.jpg

कञ्चनपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगरले निर्वाचन हारेकी छन् । 

सत्ता गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ मा मा उम्मेदवार रहेकी माओवादी केन्द्रकी विनाले हारेकी हुन् । 

विसं २०७४ को निर्वाचनमा मगरका सारथि बनेका नेकपा एमालेका उम्मेदवार तारालामा तामाङले यस पटक विनालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । 

अन्तिम मत परिणामअनुसार तारालामाले पाँच हजार पाँच सय ४६ मतान्तरले विना मगरलाई पराजित गरेका छन् । 

तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा विना ले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन् । 

एकानब्बे हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए । 

तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत छन् । उन गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ