- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरी पश्चिम नवलपरासी १ बाट निर्वाचित भएका छन् । जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई सात हजार एक सय ७८ मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका हुन् ।
संविधानसभाको पहिलो निर्वाचन २०६४ र संसदीय निर्वाचन २०७४ मा समानुपातिकतर्फबाट संसद् प्रवेश गरेका चौधरी यस पटक प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् ।
कांग्रेस उम्मेदवार चौधरीले २९ हजार चार सय ९५ मत ल्याए भने त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गरे ।
त्यस्तै स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार पाँच सय ९९ तथा जनमत पार्टीका गुलावप्रसाद चौधरीले पाँच हजार नौ सय ४४ मत प्राप्त गरे ।