बागमतीका मुख्यमन्त्रीले जिते, ७ हजार बढी मतले एमालेका त्रिपाठीलाई हराए
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
1.1k
Shares
काठमाडौं । काठमाडौँ। धादिङमा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले विजयी भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले ७ हजार ९८१ मतान्तर सहित धादिङ क्षेत्र नं १ मा विजयी भएका हुन्।
मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने एमालेका भूमि त्रिपाठीले २७ हजार ९५३ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १२ हजार ५६ मतसहित तेस्रोमा चित्त बुझाउन पर्यो ।