arrow

चुनावी परिणामले आन्तरिक विचलनमा माओवादी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
prachanda-tension.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धनमा चुनावी मोर्चामा सहभागी भएको नेकपा माओवादी केन्द्रभित्र चुनावी परिणामलाई लिएर हलचल पैदा भएको छ । आम निर्वाचनमा प्राप्त परिणामले माओवादी केन्द्रमा हलचल मात्र भएको छैन आगामी सरकारमा सहभागी हुने कि नहुने भन्ने बारेमा नेताहरुबीच छलफल चल्न थालेको छ । 

सरकार प्रमुख, राष्ट्रप्रमुख तथा सभामुख जस्ता पदले फेरि पनि माओवादीलाई सरकारमा जान बाध्य पार्ने भएकाले सरकारमा सहभागी हुने कि नहुने भन्ने बहसले माओवादीका नेतालाई गाल्न थालेको छ । 

यही विषयलाई लिएर माओवादी हाइकमाण्डको बैठक बस्ने भएको छ । तर समय भने तय भएको छैन । नतिजा सोचेजस्तो नआएको र गठबन्धन भए पनि आफ्नो उम्मेदवारलाई मत नआएको प्रारम्भिक प्रतिक्रियाका क्रममा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देशहरू दिएको भन्दै यसका कारण विश्लेषण र संश्लेषण हुनुपर्नेमा जोड दिएका छन् । 

उनले यसबारे धेरै बोल्न नचाहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सबै आँधीबेहरीहरु तपाईँको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, तपाईंको बाटो सफा गर्न पनि आउँछन् ।’  यही बुद्ध शिक्षाको महत्वपूर्ण अंशलाई मनन गरिनुपर्ने उनको भनाइ छ । 

यसैगरी माओवादी केन्द्रका अर्का नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले माओवादीलाई मत नआउनुमा कांग्रेसका केही नेताहरुलाई दोष दिएर सामाजिक सञ्जाल रंग्याएका थिए ।  

दीपशीखाको भनाईलाई काट्दै केही नेताहरुले भने कांग्रेसको साथ भएन भन्नु मूर्खता भएको टिप्पणी गरेका छन् । उनीहरुले माओवादीलाई मत नआउनुमा कांग्रेसभित्रको आन्तरिक समस्या भएको बताउँदै त्यसले हानि गरेको तर कांग्रेसको सिंगो टिमलाई दोष दिन नमिल्ने बताएका छन् । 

माओवादीभित्र रहेका धेरैजसो नेताहरुले सोचेजस्तो परिणाम नआएकोमा दुःख व्यक्त गर्दै वाम गठबन्धन हुनुपर्ने धारणा पनि अघि सारेका छन् । 

कतिपय नेताहरुले अब बन्ने नयाँ सरकारमा नगइ वामगठबन्धन गरेर नयाँ शिराबाट अघि बढ्न नेतृत्वलाई सुझावसमेत दिएका छन् । 

माओवादीभित्र महासचिव देवप्रसाद गुरुङ पराजित भएपछि असन्तुष्टि, आक्रोश जन्मिएको थियो । काठमाडौं २ बाट ओनसरी घर्ती र ललितपुर ३ बाट पम्फा भुषाल पराजित भएपछि पनि माओवादीले आक्रोश व्यक्त गरेको थियो । 

तर काठमाडौंबाट मात्र होइन शहरी क्षेत्रबाटै माओवादीहरु बिदाइको चरणमा परेपछि भने नेताहरुले आफ्नो संगठन कमजोर भएको स्वीकार गरेका छन् ।

उनीहरुले रेखा शर्माको जित, देव गुरुङलाई आएको मत हेरेर पनि कांग्रेसलाई गाली गर्ने पक्षमा देखिएका छैनन् । 

त्यतिमात्र होइन खोटाङको जितमा पनि उनीहरु खुशी देखिएका छन् । यद्यपि रुकुम रोल्पा, जाजरकोट, गोरखा जस्ता जिल्ला बाहेक अन्यन्त्र जिल्लामा माओवादीले कांग्रेसको सहयोग बिना निर्वाचन जितेको छैन । 

‘अहिले नै कांग्रेसले सहयोग गर्यो वा गरेन भन्ने अवस्था छैन, समग्रमा आफ्नो पार्टीको संगठन पनि हेर्नुपर्छ त्यतिमात्र होइन समानुपातिकमा कति मत आउँछ त्यसले पनि पार्टीको हैसियत निर्धारण छ’, माओवादी केन्द्रका एक पोलिटव्यूरो सदस्यले भने । 

उनका अनुसार माओवादीका केही नेताहरुले हारेको झ्वाँकमा हलुका टिप्पणी गरेको र त्यसले कालान्तरमा माओवादीलाई नै हानि हुने बताए ।

तर कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी बिना मगरले हारेपछि भने प्रचण्डको पनि मगज रन्थनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ