- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले जितेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेस सभापति देउवाका भतिजा प्रकाशबहादुर देउवा विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार नौ हजार पाँच सय ९१ मत प्राप्त गरी देउवा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दुर्गाप्रसाद जोशीले छ हजार तीन सय ५१ मत प्राप्त गरे ।
प्रदेशसभामा खसेको २८ हजार चार सय ८३ मतमा एक हजार दुई सय ६९ मत बदर भएको छ ।