- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिमकोट । हुम्ला प्रदेशसभा (ख)बाट वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियारले छ हजार चार सय ८१ मत विजयी भएका छन् ।
उनले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका छन् ।
शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए ।
यस्तै नेकपा(एमाले)का उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे ।