arrow

कैलाली २ (क) मा नेपाली कांग्रेसका शाह विजयी

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kailali-2-saha.jpg

लम्की । कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमल बहादुर शाह विजयी भएका छन् । नेता शाहले १० हजार ४ सय ३३ मतका साथ विजयी प्राप्त गरेको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति पार्टीका उम्मेद्धार रतन बहादुर थापाले ८ हजार ७ सय ७५ मत प्राप्त गरे । नेकपा एमालेका कमला कुमारी ओलीले ८ हजार ८२ मत प्राप्त गरेकी छन् ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमोदसिंह राठौर ठकुरीले २ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । कुल ३१ हजार ८ सय २६ मत खसेको प्रदेश सभामा १ हजार ७ सय ७८ मत बदर भएको निर्वाचन अधिकृत जोशीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ