arrow

विष्णु पौडेलको क्षेत्रमा मतगणना अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
election-rupandehi-2-uml-rsp.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले कडा टक्कर दिइरहेको रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना अवरुद्ध भएको छ।

एमालेका उपाध्यक्ष विष्णु पौडेल भन्दा गणेश पौडेल ९०६ मतले पछि रहेका छन् । 

एमालेका उम्मेदवारले मत गडबड गरेको हुन सक्ने भन्दै स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले माग गरेका छन् । अधिकृतले दिएको सङ्ख्या र तथ्याङ्क फारममा लेखिएको सङ्ख्या फरक परेको उनीहरूको भनाइ छ । 

सो स्थानमा एमाले उपाध्यक्ष पौडेल २३ हजार ७९३ मतका साथ पहिलो स्थानमा छन् भने स्वतन्त्रका पौडेलले २२ हजार ८८७ मतका साथ दोस्रो स्थानमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ