कांग्रेसका देवेन्द्रराज कँडेललाई हराए राप्रपाका उपाध्यक्ष प्रधानले
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
559
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गर्दै पश्चिम नवलपरासी क्षेत्र नम्बर २ मा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।
पूर्व गृह राज्यमन्त्री कँडेललाई १५ हजार ३ सय ६५ मतान्तरले राप्रपाका उपाध्यक्ष प्रधान निर्वाचित भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार प्रधानले ३४ हजार ९ सय ५९ मत पाएका छन् भने कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्।