arrow

डोल्पा प्रदेश (ख) मा माओवादीका शाही निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार

कर्णाली ।  डोल्पा प्रदेश (ख)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भएका छन् ।

शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित भएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । उनले नेकपा (एमाले)का धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

शाहीका निकटतम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । डोल्पा प्रदेश (१) मा भने एमालेका शेरबहादुर बुढा दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाल कांगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ