काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापश्चिम)को प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को (ख) मा नेपाली कांग्रेसका देवकरणप्रसाद कलवार निर्वाचित भएका छन् । उनी ११ हजार दुई सय ८४ मत ल्याई निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
कलवारले आफ्ना निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका असरफअलि चुरिहारलाई दुई हजार एक सय ९८ मतान्तरले पराजित गरेका हुन् । चुरिहारले नौ हजार ८६ मत प्राप्त गरेको थियो ।
यहाँ नेकपा (एमाले)का दीपकराज शर्माले सात हजार पाँच सय ५८ मत प्राप्त गर्दै तेस्रो तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रभान कोइरी चार हजार दुई सय ९८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।