arrow

बाँस्कोटालाई भेटाउन मुस्किल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kavre-2.jpg

काठमाडौ‌ । काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा ५ हजार बढी मतले अगाडि रहेका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँ भन्दा एमाले उम्मेदवार बाँस्कोटा ५ हजार ४६९ मतले अगाडि रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बाँस्कोटा ४३ हजार ७३ मत ल्याउँदा हुमागाईँले ३७ हजार ६०४ मत प्राप्त गरेका छन्। 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँ ९ हजार २७७ मतसहित तेस्रो स्थानमा छन्। 

यसअघि धेरै मतले पछि रहेका बाँस्कोटाले मतान्तर घटाउँदै अघि बढेका हुन् । 

कांग्रेस उम्मेदवार हुमागाईँलाई एमालेका बाँस्कोटालाई भेटाउन मुस्किल पर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ