arrow

कैलाली ५ मा कांग्रेसका पन्त विजयी

logo
सुनिल आउजी,
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
dilli-ram-panta.jpg

 कैलाली ।  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक - बाम गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नेता डिल्लीराज पन्त विजयी भएका छन् ।

उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारदमुनि रानालाई १ हजार ७१ मतले पछाडि पार्दै विजयी भएका हुन् । 

 पन्तले २१ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाएका छन् ।

यस्तै प्रदेश क मा गठबन्धन तर्फका माओवादी उम्मेदवार रमेश धामी र ख मा काँग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ