arrow

उपेन्द्र यादवले हारेपछि सप्तरी इन्चार्जले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kaushalendra-yadav-saptari-jasapa.jpg

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का सप्तरी जिल्ला इन्चार्ज कौशलेन्द्र यादवले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीको कमजोर नतिजा आएपछि उनले राजीनामा दिएका हुन् । उनले मधेस प्रदेश अध्यक्षलाई राजीनामा पत्र लेखेर पदमा नबस्ने जानकारी गराएका छन् ।

 ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा लज्जास्पद हार ब्यहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारीबाट राजीनामा दिएको छु’, उनले लेखेको राजीनामा पत्रमा उल्लेख छ । 

उनी पार्टीको सप्तरी जिल्ला इन्चार्ज तथा मधेस प्रदेश समितिको सदस्यसमेत रहेका थिए । सप्तरीमा जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन् । 

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा सिट रहेको सप्तरीमा जसपाले प्रतिनिधि सभामा मात्र एक सिट जितेका छन् भने प्रदेश सभामा जित्न सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ